दल

सत्ता गठबन्धनले मंगलबार सिट बाँडफाँडबारे सहमत्ति गर्ने

इकागज |
भदौ २०, २०७९ सोमबार २१:३० बजे

फाइल फोटो

काठमाडौँ - सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलमा मंगलबार निस्कर्षमा पुग्ने  सहमति भएको छ । बालुवाटारमा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

बैठकमा १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेको र मंगलबार  फेरि छलफललाई निरन्तरता दिएर प्रतिवेदनलाई अन्तिमरुप दिइने उनले बताए । 


कार्यदलले सिट बाँडफाँडमा सहमति जुटाएर  बुधबारसम्म शीर्ष तहमा प्रतिवेदन  पेस गर्ने तयारी गरेको छ ।
 


Author

थप समाचार
x