दल

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

इकागज |
माघ २८, २०७९ शनिबार २०:९ बजे

काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बास्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् ।

पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए । 


उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् ।  कोषाध्यक्षमा दामोदर नेपाललाई चयन भएका छन् ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने र सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परियारले बताए ।


Author

थप समाचार
x