दल

नेविसंघले फहरायो चार सय बढी क्याम्पसमा राष्ट्रिय झन्डा

इकागज |
फागुन ८, २०७९ सोमबार २१:१० बजे

काठमाडौं - नेपाल विद्यार्थी संघले ७३ औँ प्रजातन्त्र दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा देश भरका सरकारी विद्यालय, विश्वविद्यालय, क्याम्पसहरूमा राष्ट्रिय झण्डा राख्ने, वृक्षारोपण र सरसफाइ कार्यक्रमको सुरुवात गरेको छ । 

नेविसंघ केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार आइतबार देशभरका झन्डै चार सय बढी क्याम्पसहरूमा राष्ट्रिय झण्डा राख्ने र सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न प्रदेश कमिटी, जिल्ला समिति र क्याम्पस ईकाईहरुको आयोजनामा सुरु भएको यस अभियानमा देशभरका विद्यार्थीहरूले उल्लासमय सहभागिता जनाएका छन् ।


नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकतालाई मुख्य आदर्श मान्दै देशमा भएका विभिन्न परिवर्तनगामी आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकतन्त्रको संस्थागत विकास, विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा उन्नयनका साथै समयानुकूल विकास र परिवर्तनको निमित्त गर्दै आएका गतिविधिलाई बढावा दिन र सबै विद्यार्थीहरूलाई गोलबद्ध गर्न यस अभियानको थालनी गरिएको हो ।

नेपाल र नेपाली जनताको लागि ऐतिहासिक महत्व बोकेको दिनको अवसर पारेर सुरु गरिएको यस अभियानमा विभिन्न अन्तरक्रिया कार्यक्रम, विचार, गोष्ठी लगायत वक्तित्वकला तथा वादविवादका कार्यक्रम, वृक्षारोपण र सरसफाइ सँगै क्याम्पस तथा विद्यालयमा नयाँ झण्डा राख्ने अभियान सुरु गरिएको उनले बताए ।

विद्यार्थीहरूबीच सामाजिक खललता नपुऱ्याउन र राष्ट्रिय अखण्डता कायम गराउन भव्य र सभ्य तरिकाले यस अभियानको सुरुवात भएको जनाउँदै उनले विभिन्न जिल्लाहरूमा दीपप्रज्वलन कार्यक्रम समेत गरिएको बताए ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर स्थापना भएको नेविसंघले विद्यार्थीका वर्गीय मुद्दाहरूको उठान र समाधान गर्दै लोकतन्त्रको विकास,बिस्तार र जगेर्ना गर्दै विद्यार्थीहरुका वर्गीय मुद्दा स्थापित गर्न अनवरत रुपमा कृयाशिल रहँदै आएको उनको भनाई छ ।


Author

थप समाचार
x