दल

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

इकागज |
चैत ४, २०७९ शनिबार १५:२४ बजे

काठमाडौं-संसद्को ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक रमेश लेखकले दिएको जानकारी अनुसार बैठक आइतबारका लागि बोलाइएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिदैछन् । बैठकमा विश्वासको मत लगायत अन्य समसामयीक विषयमा छलफल हुने लेखकले जानकारी दिए । बैठक मध्यान्न १२ बजे संघीय संसद् भवन वानेश्वरको लोहोत्से हलमा बस्नेछ । 


“भोली १२ बजेका लागि बैठक बोलाइएको छ,” लेखकले भने, “प्रधानमन्त्रीले ६ गते लिने विश्वासको मत लगायत अन्य समसामयीक राजनीतिक विषयमा छलफल हुनेछ ।”​ संघीय संसद् अन्तर्ग प्रतिनिधिसभा बैठक पनि आइतबारनै बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । 


Author

थप समाचार
x