दल

एक वा दुई मन्त्रालय हाम्राे पार्टीका लागि कम हाे : माधव नेपाल

इकागज |
चैत १२, २०७९ आइतबार १७:३ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीतिगत प्रतिबद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार लिने बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले सरकारको साझा नीति तथा कार्यक्रमसहितको नीतिगत प्रतिबद्धतामाथि गठबन्धनभित्र छलफल भइरहेको भन्दै त्यसैको आधारमा सरकारले पूर्ण आकार लिने बताएका हुन् । उनले बाहिर चर्चामा आएजस्तो आफ्नो पार्टीले कुनै विशेष मन्त्रालयमा दाबी नगरे पनि मुलुकको अर्थतन्त्रलाई बुझ्ने र समस्या समाधान गर्ने व्यक्तिलाई अर्थमन्त्रालयको र देशका सामू देखिएका चुनौती र अन्तर्राष्ट्रिय परिस्थितिलाई मूल्याङ्कन गर्न सक्नेलाई परराष्ट्रको जिम्मेवारी दिनुपर्नेमा जोड रहेको धारणा राखे ।


अध्यक्ष नेपालले एक वा दुई मन्त्रालय आफ्नो पार्टीका लागि कम हुने समेत बताए । उनले पछिल्लो समय सभामुखको कार्यशैलीले आपसी विश्वास कायम नरहने भएकाले संसद्को नियमावलीमा विस्तृत रूपमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने जिकिर गरे ।


Author

थप समाचार
x