दल

प्रधानमन्त्री प्रचण्डको कामकारबाही हेर्दा आत्मविश्वास नभएको जस्तो देखिन्छ : महामन्त्री थापा

इकागज |
चैत २४, २०७९ शुक्रबार १६:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रित हुन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अब प्रधानमन्त्रीले परिणाममूखी काममा केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमलाई संसद्‍मा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्ने बताए ।


साझा न्यूनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रित हुनुपर्ने उनकाे भनाइ छ । थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टिम बनाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्रीको कामकारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गरे ।

थापाले जनतालाई प्रत्यक्ष अनुभव हुने गरी काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x