दल

एमालेका पूर्वसांसद पाठकको टोपबहादुर इंगित टिप्पणी : गलत कार्यको प्रश्नको भारी लाखौं कार्यकर्ताले बोक्दैनन्

इकागज |
बैशाख २६, २०८० मंगलबार १०:५६ बजे

काठमाडौँ- नेकपा एमालेका पूर्वसांसद सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्धमा फायर खोलेका छन् ।

उनले एक/दुई जना नेताले गरेको गलत कार्यको प्रश्न लाखौं कार्यकर्ताले बोक्न नसक्ने पनि जनाएका छन् । 


‘फरारको अर्थ अपराध स्वीकार गरेको अर्थ हो, यो जसले पनि बुझ्ने कुरा हो, गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘१,२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौं एमाले कार्यकर्ताले बोक्न सक्दैनन, सुशासनको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’

नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव रायमाझी फरार छन् । 


Author

थप समाचार
x