दल

जनमत पार्टीका दुई सांसदलाई निष्कासन गर्न केन्द्रीय समितिको सिफारिस

इकागज |
जेठ १२, २०८० शुक्रबार २१:९ बजे

काठमाडौँ- जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ । 

आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्कासन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए । 


उनले भने, 'उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीका लागि सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।'

पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए ।


Author

थप समाचार
x