दल

अस्थायी आवासका लागि माओवादी कर्णालीले तीन हजार बढी स्वयंसेवक खटाउने

इकागज |
मंसिर ३, २०८० आइतबार १६:४० बजे

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार बढी स्वयंसेवक खटाउने भएको छ ।

माओवादी केन्द्रले पार्टी भित्रका तीन हजार एक सय भोलिन्टियर खटाउने जनाएको छ । हिजो बसेको कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।  भूकम्प प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले अस्थायी आवास तथा पुनर्निर्माणको कामहरू गर्ने माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ । 


माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् । प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकहरू कर्णाली प्रदेशभित्रैबाट खटाइने केसीले जानकारी दिइन् ।

प्रत्येक जिल्लाहरूबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने जनाइएको छ । 


Author

थप समाचार
x