दल

एमालेले भूकम्प पीडितलाई बनाइदियो ८० अस्थायी घर

इकागज |
मंसिर ९, २०८० शनिबार १४:३५ बजे

काठमाडौँ- नेकपा एमालेले ८० वटा अस्थायी घर निर्माण गरेर भूकम्प पीडितलाई हस्तान्तरण गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन् । 


‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५  स्वयंसेवक समूह भूकम्पपछि उद्धार र पुनः स्थापन कार्यमा खटिएका छन्,’  
अध्यक्ष ओलीले भनेका छन्, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान निकालिएको छ । एक विद्यालयसहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण गरेको छ ।’ 

उनले अगाडि भने, ‘यो चिसोमा छाना बाहिर रहेकालाई छानामुनि ल्याउने काममा सक्रिय पार्टीका सबै साथीहरूलाई धन्यवाद ।’ 


Author

थप समाचार
x