दल

प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ : शेखर कोइराला

इकागज |
पुस ४, २०८० बुधबार १९:५४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरूको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले एक वर्षमा आफूले गरेका कामको प्रधानमन्त्री रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताएका हुन् । नेता कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको जिकि गरे । उनले सरकार सञ्चालनका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सकिने बताए ।


कोइरालाले एनसेल प्रकरणले राजनीतिक दलका नेताहरू, कर्मचारी र व्यापारीहरूको नेक्सस सार्वजनिक गरेको बताए । उनले नेपालमा भइरहेका ठूला-ठूला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको जिकिर गरे ।


Author

थप समाचार
x