दल

सुदन किरातीले मन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्छ : लामिछाने

इकागज |
पुस ५, २०८० बिहीबार १०:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ ।

‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो ।


यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री किरातीले त्यो अभिव्यक्ति फिर्ता लिनुपर्ने तथा तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन्  ।

‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक,गैरजिम्मेवार, पदीय गरिमा विपरितको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’ 

र, यो पनि


Author

थप समाचार
x