दल

मन्त्री किरातीलाई गोकुल बाँस्कोटाको प्रश्न : ९८ प्रतिशतलाई थुन्‍ने कत्रो जेल बनाउने ?

इकागज |
पुस ५, २०८० बिहीबार १०:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीको विवादस्पद अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिप्रति कटाक्ष प्रहार गर्दै पुर्व मन्त्री बाँस्कोटाले अहसहमति दर्ज पनि गरेका छन् । उनले माओवादी अरू कसैको सेवा दिन मेसनरी उद्योग रहेको गम्भीर आरोपसमेत लगाएका छन् ।


‘संस्कृति मन्त्री किरातीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, बौद्ध, मुस्लिम आदी) करिब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरू कसैका लागि सेवा दिने मिसेनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान ।’


Author

थप समाचार
x