दल

रातभर बैठक बसेर कांग्रेसले टुंग्यायो उम्मेद्‌वार : कुन समूहबाट कसले पाए टिकट ?

इकागज |
पुस २३, २०८० सोमबार ७:३ बजे

काठमाडौँ- सत्ता साझेदारी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा टिकट बाँडफाँट गरेको छ । रातभर बसेको संसदीय बोर्ड र कार्यसम्पादन समितिले आज बिहान मात्रै उम्मेदवार टुङ्ग्याएको हो । कांग्रेसको भागमा परेको १० जना उम्मेद्‌वार टुंग्याएर टिकट बाँडफाँट गरेको हो ।

१० मध्ये सभापति शेरबहादुर देउवा समूहका ६ जनाले टिकट पाएका छन् । त्यस्तै शेखर कोइराला समूहका ४ जनाले टिकट पाएका छन् ।


कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला र मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगानालाई टिकट दिइएको छ । त्यस्तै बागमती विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई टिकट दिइएको छ । 

गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् भने लुम्बिनीमा विष्णुदेवी सापकोटालाई टिकट पाएकी छन् ।

त्यसैगरी कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

बागमतीकी पुडासैनी, लुम्बिनीका सापकोटा, गण्डकीका श्रेष्ठ र परियार शेखर समूहले पाएका उम्मेद्‌वार हुन् । त्यस्तै कोशीका सिटौला, मधेशका ढुंगाना, बागमतीका बस्नेत, कर्णालीका रोकाया, सुदूरपश्चिमका भट्ट र बोहरा देउवा समूहका हुन् ।


Author

थप समाचार
x