दल

शेखर समूहले पाएको चार सिटमा को-कसले पाए टिकट ?

इकागज |
पुस २३, २०८० सोमबार ७:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला समूहले राष्ट्रिय सभा निर्वाचनका लागि आफूले पाएको चार सिटका लागि उम्मेद्‌वार टुङ्ग्याएको छ । 

कोइरालाले बागमती, लुम्बिनी र गण्डकीबाट चार सिट पाएको थियो । कोइराला समूहले बागमतीबाट विष्णु देवी पुडासैनी, लुम्बिनीबाट विष्णु सापकोटा , गणडकीबाट किरणबाबु श्रेष्ठ र दलित अपांगबाट पदमबहादुर परियारलाई राष्ट्रियसभाका लागि उम्मेद्‌वार टुंगो लगाएको शेखर समूहका एक नेताले बताए ।


काँग्रेसले राष्ट्रिय सभामा पाएको १० मध्ये सभापति शेरबहादुर देउवासँगको सहमतिमा शेखरले चार सिट पाएका हुन् ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले तीन सिटभन्दा दिन नसक्ने बताएपछि शेखर संसदीय बोर्डको बैठक छाडेर निस्किएका थिए । पछि देउवाले चार सिट दिने खबर पठाएपछि शेखर बैठकमा फर्किएका थिए ।

र,यो पनि


Author

थप समाचार
x