दल

उन्मुक्तिको महाधिवेशबाट २९ पदाधिकारी, ५०१ केन्द्रीय सदस्य निर्वाचित हुने

इकागज |
पुस २५, २०८० बुधबार २१:४१ बजे

टिकापुर - नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन भोलिबाट सुरु हुँदैछ ।

पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा महाधिवेशन सुरु हुन लागेको हो । 


महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए । 

 महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन् । नाउपामा अध्यक्ष, सहअध्यक्षब, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

महाधिवेशनको उद्घाटन सत्रमा देशभरका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी हुनेछन् ।


Author

थप समाचार
x