दल

शेखरले राखे विराटनगर कोइराला निवासमा चियापान

इकागज |
माघ ९, २०८० मंगलबार २०:३१ बजे

काठमाडौँ- आसन्न राष्ट्रिय सभालाई मध्यनजर गर्दै ऐतिहासिक स्थल विराटनगरकाे काेइराला निवासमा चियापान हुने भएको छ । 

नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले काेशी प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि चियापान आयाेजना गरेका हुन् । 


बुधबार बिहान ८ बजेर ३० मिनेटमा चियापान सुरु हुने काेइरालाकाे सचिवालयले जनाएको छ । चियापान कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित मिनेन्द्र रिजाल, खेलकुदमन्त्री डिगबहादुर लिम्बू विराटनगर पुगिसकेका छन् ।


Author

थप समाचार
x