दल

निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल

इकागज |
माघ १४, २०८० आइतबार १४:२३ बजे

काठमाडौँ- सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् । 

आइतबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरूमा केही-केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताएका हुन् । निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उनले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको जिकिर गरे । 



Author

थप समाचार
x