दल

म फरार भएको छैन, स्वस्थ पत्रकारिता गर्नुस् : ज्ञानेन्द्र कार्की

इकागज |
माघ २२, २०८० सोमबार १७:५६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवं पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू मिडियामा आएजस्तै फरार नभएको स्पष्ट पारेका छन् ।

टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताएका हुन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस विषयमा अरू केही नबोल्ने भन्दै स्वस्थ पत्रकारिता गर्न सुझाव दिएका छन् ।


सो प्रकरणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । 


Author

थप समाचार
x