दल

स्व. बुढाथोकीले छाडेर गएका कामहरू पूरा गर्छौं : सभापति देउवा

इकागज |
माघ २८, २०८० आइतबार १८:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री स्व. केशवकुमार बुढाथोकीले छाडेर गएका कामहरू पूरा​ गर्ने बचन व्यक्त गरेका छन् । 

स्व. बुढाथोकीको निधनको सातौं पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले उक्त बचन व्यक्त गरेका हुन् । यस्तै श्रद्धाञ्जली सभामा सभापति देउवाले शोकाकुल परिवारजनसँग भेटघाट गरी गहिरो समवेदना प्रकट गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा स्व. बुढाथोकीले पुर्याएको योगदानको स्मरण समेत गरे ।


आइतबार झापाको अर्जुनधारा-८ स्थित बुढाथोकी निवासमा नेपाली कांग्रेस झापाद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सभापति देउवा, केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्र र नगर तथा वडा कमिटीका क्रियाशील सदस्यहरू, विभिन्न भातृ तथा शुभेच्छुक संघ संस्थाहरूका प्रतिनिधिहरूलगायत नेता/कार्यकर्ताहरूले स्व. बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

संविधान सभाका सदस्य समेत रहेका स्व. बुढाथोकी झापाली राजनीतिमा लोकप्रिय र जुझारु नेताका रूपमा चिनिन्छन् । २००१ साल असोज २२ गते इलाममा जन्मिएका स्व. बुढाथोकीको २०८० माघ २२ गते ८० वर्षको उमेरमा उपचारका क्रममा विराटनगरमा निधन भएको हो । 


Author

थप समाचार
x