दल

जनताका लागि नभइ नेताहरूका लागि मात्रै लोकतन्त्र आएको महसुस भएको छ : कोइराला

इकागज |
फागुन १, २०८० मंगलबार १७:१० बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताएका छन् ।

मंगलबार काठमाडौँमा मानवअधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनमा बोलदै उनले यस्तो बताएका हुन् । सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मूल्यमान्यता र मानव अधिकार आयोगको निर्देशनलाई ध्यानमा राखेर यसलाई निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ छ ।


नेता कोइरालाले जनताका लागि नभइ नेताहरूका लागि मात्रै लोकतन्त्र आएको महसुस भएको धारणा राखे ।


Author

थप समाचार
x