दल

काँग्रेसको महासमिति बैठकको तयारी तीव्र, दुई हजार बढी सहभागी हुने

इकागज |
फागुन २, २०८० बुधबार १८:४५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी तीव्र पारेको छ । 

महासमिति प्रचार प्रसार उपसमितिले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बैठकको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको हो । बैठकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । 


नीति अधिवेशनका रुपमा सम्पन्न हुने महासमिति बैठकमा प्रस्तुत हुने उक्त प्रस्तावले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनतामाझ पार्टीले विश्वासीलो र भरपर्दो गरि काम गर्ने विश्वास दिलाउने विश्वकर्माले बताए । 

राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने नाराका साथ आयोजना हुने महासमिति बैठकमा करिब दुई हजार तीन सय जना सहभागी हुने उनले जानकारी दिए । 

महासमिति बैठकका लागि गठित बिभिन्न तयारी समिति तथा उपसमितिहरुले पनि तीव्रताका साथ काम गरिरहेको कांग्रेसले जनाएको छ ।
 


Author

थप समाचार
x