दल

कम्युनिष्टहरूको एकता आजको अपरिहार्यता : झलनाथ खनाल

इकागज |
फागुन ४, २०८० शुक्रबार १७:५३ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरूबीच एकता हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित समाजवाद र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा खनालले कम्युनिष्टहरूको एकता आजको अपरिहार्य एकता भएको भन्दै वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरूबीच एकता हुनुपर्ने बताएका हुन् ।


वाम एकताको आवश्यकता रहेको अवस्थामा आफ्नो पार्टीले सही कार्यदिशा नीति र विचारको विकास गर्नुपर्ने उनले बताए ।

खनालले अबको अवस्थामा भावनाले नभई नीतिको बहसले मात्रै कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउनुपर्ने धारणा राखे ।

उनहाले कम्युनिष्ट पार्टीलाई देशी विदेशी शक्तिले पटक-पटक विभाजन गरेको भन्दै कम्युनिष्ट आन्दोलन पुनर्गठन हुनुको विकल्प नरहेको उल्लेख गरे ।

खनालले समाजवाद प्राप्ति नभएसम्म जनताका आधारभूत समस्या समाधान गर्न सम्भव नभएको तर्क गरे ।


Author

थप समाचार
x