दल

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

इकागज |
फागुन ८, २०८० मंगलबार १२:५७ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

पार्टीको आसन्‍न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने छ ।



Author

थप समाचार
x