दल

एकीकृत समाजवादीले बोलायो दस्ताबेज मस्यौदा समितिको बैठक

इकागज |
फागुन १४, २०८० सोमबार १७:१७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको दस्तावेश मस्यौदा गर्न दस्ताबेज मस्यौदा समितिको बैठक आह्वान गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले मंगलबार र बुधबार दस्ताबेज मस्यौदा समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीको दस्तावेश मस्यौदाका साथै राजनीतिक विषयहरूमा पनि छलफल गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


त्यस्तै सोमबार नै बसेको समाजवादी मोर्चाको बैठकको निर्णयबारे जानकारी गराउँदै उनले चैत ३ गते काठमाडौँमा नेपाली विशेषताको समाजवाद नामक कार्यक्रम आयोजना गर्ने बताए । त्यस्तै समाजवादी मोर्चा नेपालको प्रकाशन गरिने उनले जानकारी दिए ।

मोर्चाले सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको भन्दै उनले एमालेसँग पनि यस विषयमा छलफल गर्न सकिने जिकिर गरे ।

समाजवादीले आफ्ना पार्टीमा समाहित भएको बासु दुलालको नेतृत्वको स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चालाई स्वागत गरेको छ ।


Author

थप समाचार
x