दल

शपथ ग्रहणको समय सर्‍यो, बालुवाटारमा माधव नेपाल कुर्दै प्रचण्ड

इकागज |
फागुन २३, २०८० बुधबार १७:२५ बजे

फाइल फोटो

काठमाडौं - आज विस्तार हुने मन्त्रिमण्डलको सपथ ग्रहण समारोह सरेको छ ।

साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयले राष्ट्रपति भवनमा समय सरेकाे जानकारी दिएकाे छ ।


उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटारमा कुरिरहेका छन ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै शपथ ग्रहण समाराेहमा सहभागी हुन शीतल निवास जानेछन् ।

जसका कारण सचिवालय बैठक सकिने बित्तिकै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिँडेका छन ।


Author

थप समाचार
x