दल

एमालेले बोलायो सचिवालय बैठक

इकागज |
फागुन २४, २०८० बिहीबार २१:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न एमालेको सचिवालय बैठक भोलि शुक्रबार बिहान ९ बजे बोलाइएको हो ।

केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुने मुख्य एजेन्डा रहेको बताइएको छ ।



Author

थप समाचार
x