दल

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

इकागज |
फागुन २६, २०८० शनिबार १७:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सरकारमा सहभागी भएको रास्वपाले सरकारमा सहभागिता, इलाम-२ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न २८ फागुन सोमबारको दिउँसो १२ बजे बैठक बोलाएको हो ।


अहिले रास्वपा माओवादी, एमालेलगायतको गठबन्धन सरकारमा सहभागी भएकाले इलाम २ को उपचुनावबारे के निर्णय लिन्छ भन्ने चासोका साथ हेरिएको छ । रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।


Author

थप समाचार
x