दल

माओवादीले प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने

विश्वासको मत लिने मिति र अध्यक्ष उम्मेदवारका बारेमा आइतबारसम्म टुङ्गो लाग्ने

इकागज |
फागुन २६, २०८० शनिबार १८:१८ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सदस्यहरूलाई ह्विप जारी गर्ने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारका बारेमा आइतबारसम्म टुङ्गो लाग्ने उनले बताए ।


बैठकमा संसदको कार्यतालिकालाई प्रभावकारी बनाउने विषय र आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलका विषयमा पनि छलफल भएको पाण्डेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई अघि बढाउनका लागि दृढताका साथ लाग्नुपर्नेमा जोड दिएको प्रमुख सचेतक पाण्डेले बताए । 


Author

थप समाचार
x