दल

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

इकागज |
फागुन २८, २०८० सोमबार १६:५३ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन (ह्विप) जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्तिमार्फत यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।


प्रधानमन्त्री दाहालले यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।


Author

थप समाचार
x