दल

विवेकशील साझा पार्टीका अध्यक्षसहित नौ जना प्रहरी नियन्त्रणमा

इकागज |
चैत २, २०८० शुक्रबार २०:३४ बजे

काठमाडौँ- विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौ जना पक्राउ परेका छन् ।

माइतीघर मण्डला र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, 'माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा आज प्रदर्शन गर्न पुगेका नौ जनालाई  नियन्त्रणमा लिइएको छ ।'



Author

थप समाचार
x