दल

गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेविसंघको प्रदर्शन

इकागज |
चैत ६, २०८० मंगलबार १३:० बजे

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् ।

सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरुले प्रदर्शन गरेका हुन् ।


प्रदर्शनका क्रममा उनीहरुले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पिडितलाई न्याय खै, नैतिकता खोइ, अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टाँसेका थिए ।

पोष्टर टाँसेपछि प्रहरीले हस्तक्षेप गरि केहि विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पिडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए । 

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेविरुद्ध कांग्रेसले सदनमा र भातृ संगठनले सडकमा विरोध गर्दै आएको छ । 


Author

थप समाचार
x