दल

नेविसंघले जलायो अर्थमन्त्री र गृहमन्त्रीको पुत्ला

इकागज |
चैत ५, २०८० सोमबार १३:० बजे

काठमाडौँ- सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संंघ(नेविसंघ)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । 


मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर, भ्रष्ट सरकार मुर्दावाद, सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दावाद लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए । 

नेविसंघका केन्द्रीय सदस्य  दिपकजंग शाहीले अहिले सरकार जनताको नभएर ठगहरूको सरकार भएको आरोप लगाए । उनले सुन तस्करी र सहकारीहरूलाई बचाउने काम सरकारबाट भएको भन्दै निरन्तर विरोध गर्ने जिकिर गरे । 

नेविसंघले विभिन्न प्रकरणमा मुछिएकालाई गृहमन्त्री र अर्थमन्त्रीका कारण अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गरेको छ । 


Author

थप समाचार
x