दल

नेविसंघ र प्रहरीबीच झडप

इकागज |
चैत ८, २०८० बिहीबार १८:५० बजे

काठमाडौँ- गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ ।

बिहीबार काठमाडौँको पुतली सडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले 'सहकारी पीडितलाई न्याय दे', 'गृहमन्त्री राजीनामा दे' लगायतका नारा लगाएका थिए ।


नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ ।  


Author

थप समाचार
x