दल

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे सुझाव- हामीमाथि लाठीचार्ज गर्नुभन्दा भ्रष्टाचारीहरूलाई पक्राउ गर्नुस्

इकागज |
चैत २७, २०८० मंगलबार १४:१९ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफूहरुमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन् । सांसद शाहीले अहिले भद्रकाली अगाडि सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन् । 

उनले आफूहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्टाचार गर्ने नेताहरूलाई पक्राउ गर्न आग्रह गरेका छन् । उनले सांसद कोइरी संसदमै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने  बताए । 


यस अघि भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।   
 


Author

थप समाचार
x