दल

२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ : रास्वपा

इकागज |
चैत २७, २०८० मंगलबार १५:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिस भाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए ।


उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफूहरूको माग रहेको उनले बताए ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नताबारे संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरेपछि बैठक स्थगित भएको छ । अब संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छन् ।
     


Author

थप समाचार
x