दल

रेशम चौधरीको रिट आज 'हेर्न नभ्याइने' मा

इकागज |
बैशाख ९, २०८१ आइतबार १६:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज 'ह‍ेर्न नभ्याइने' सूचीमा राखिएको छ ।

मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको थियो । 


यसअघि वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा राखिएको सो मुद्दा वैशाख ७ गते अन्य आदेश जारी गरेको  थियो । त्यसअघि चैत्र २५ गते सर्वोच्चले नाउपाको अध्यक्षमा चौधरीलाई  मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो ।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसहमत रूपमा अध्यक्षमा निर्वाचित गरेको थियो । अधिवेशनपछि उनले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिए पनि निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिएर श्रेष्ठ नै अध्यक्ष भएको निर्णय गरेको थियो ।

आयोगको सो निर्णयविरुद्ध रेशमले सर्वोच्चमा रिट दायर गरेका थिए ।


Author

थप समाचार
x