उपनिर्वाचन : बझाङमा सर्वदलीय बैठकको तयारी
बझाङ - बझाङमा मतपेटिका संकलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्ने गरी तयारी भइरहेको छ ।
“अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, “सबै मतपेटिका संकलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया