दल

१४औं महाधिवेशन

कांग्रेस संस्थापनइतर समूहका नेताहरू छलफलमा जुट्‍दै

इकागज |
भदौ २८, २०७८ सोमबार ६:२६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाविधेशनअन्तरगत डडेलधुरा जिल्लामा प्रहरी प्रशासनको बलमा सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गरेको र  प्रदेश नम्बर दुई लगायतका जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगो नलगाएको विषयमा संस्थापन इतर समूहका नेताहरूले छलफल गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा संस्थापन इतर समूहका नेताहरूले सोमबार दिउँसो २ बजे छलफल गर्ने भएका हुन् । 

सभापति देउवाले डडेलधुरामा गराएको अधिवेशनपछि संस्थापन इतर समूह निष्पक्ष महाधिवेशन हुने शशंकित बनेको छ । देउवाले प्रदेश नम्बर दुई लगायत काठमाडौ, सिन्धुपाल्चोकलगायतमा आफू कमजोर भएको जिल्लामा क्रियाशील सदस्यता समेत टुंगो नलगाएपछि महाधिवेशन तोकिएको समयमा हुनेमा समेत शशंकित बन्दै आएको छ ।



Author

थप समाचार
x