दल

एमाले १० औँ महाअधिवेशन

एमाले अध्यक्षमण्डलको बैठकमा को-को छन् ?

अध्यक्षमण्डलको बैठकपछि मात्रै बन्द सत्र सुरु हुने !

इकागज |
मंसिर १२, २०७८ आइतबार २३:७ बजे

सौराहा - चितवनको सौराहामा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा प्रवेश गरेसँगै छेउकै छुट्टै कोठामा अध्यक्षमण्डलको बैठक सुरु भएको हो ।

महाधिवेशनको अध्यक्षमण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा पनि रहेका छन् ।


त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्षमण्डलमा छन् । अध्यक्षमण्डलको बैठकपछि बन्दसत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

बन्दसत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र अझै सुरु भएको छैन ।

आठ बजेपछि प्रतिनिधिहरु बन्दसत्र हलमा प्रवेश गरेपनि केही बेरअघिदेखि अध्यक्ष मण्डलको बैठक चलिरहेको हो । अध्यक्षमण्डलको बैठक सकिएपछि बन्द सत्र सञ्चालन हुनेछ । 


Author

थप समाचार
x