दल

राष्ट्रिय सभाका उम्मेदवार छनोटको जिम्मा अध्यक्ष दाहाललाई

इकागज |
पुस २०, २०७८ मंगलबार ७:१७ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाललाई अधिकार दिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो । आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरूबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका विषयमा छलफल भएको थियो ।

सत्तारूढ गठबन्धनको आज बसेको बैठकले उम्मेदवारको विषयमा समेत टुङ्गो लगाएका थियो । गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ । मङ्गलबार उम्मेदवारको मनोनयनको कार्यक्रम छ ।



Author

थप समाचार
x