दल

माओवादी नेता श्रेष्‍ठलाई कोभिड संक्रमण

इकागज |
पुस २४, २०७८ शनिबार ९:२५ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्‍ठलाई कोभिड संक्रमण भएको छ । कोभिड संक्रमण देखिएपछि होम आइसोलेनमा बसेको श्रेष्‍ठले बताएका छन् । ट्वीटरमार्फत श्रेष्‍ठले आफ्नो भोतिक सम्पर्कमा आएकाहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । 

'पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,' श्रेष्ठले लेखेका छन् ।



Author

थप समाचार
x