दल

प्रचण्ड र विप्लवबाट अब क्रान्ति हुन सक्दैन-  वैद्य

इकागज |
माघ ३, २०७८ सोमबार १५:३७ बजे

काठमाडौँ - नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड र विप्लवबाट अब क्रान्तिको सुरुवात हुन नसक्ने बताएका छन् । सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बैद्यले पार्टी एकताका लागि विभिन्न चरणमा छलफल भएको भन्दै अब प्रचण्ड र विप्लवबाट क्रान्तिको सुरुवात हुन नसक्ने देखिएको बताएका हुन् । 

दुवै नेताले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउने कुरा गरेकाले क्रान्तिकारी धारमा विचलन आउने खतरा आफूले देखेको उनले बताए । मसालका महामन्त्री मोहन विक्रम सिंह र विप्लवमा अरुका कुरा सुन्ने प्रवृत्ति नरहेको र उनीहरुको पार्टीमा व्यक्तिवाद हावी भएको महासचिव वैद्यले बताए । वैैद्यले अब पार्टीलाई शसक्त रुपमा क्रान्तिकारी धारका रुपमा अघि बढाउने समय आएको धारणा राखे । 


कार्यक्रममा गोपाल किँराती नेतृत्वको माओवादीमा रहेका नेताहरु नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।


Author

थप समाचार
x