दल

विराटनगर : गठबन्धनबाट दुवै पदमा पुरुष उम्मेदवार, मेयरमा नागेश र उपमेयरमा उपेन्द्रका छोरा अमरेन्द्र

इकागज |
बैशाख १२, २०७९ सोमबार १२:२९ बजे

विराटनगर - सत्ता गठबन्धनले विराटनगर महानगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका अमरेन्द्र यादवको उम्मेदवारी पक्का भएको छ । 

काङ्ग्रेसले मेयरमा मोरङ काङ्ग्रेस उपसभापति कोइरालाको नाम टुङ्गो लगाएको छ । कोइराला काङ्ग्रेस नेता डा. शेखर कोइराला निकट हुन् ।


उपमेयरको टिकट पाएका जसपाका यादव जसपा विराटनगर महानगर समितिका अध्यक्ष हुन् । गठबन्धनबाट मेयर र उपमेयर दुवै पुरुषले टिकट पाएका छन् । 

उपमेयरमा यादवको उम्मेदवारी पक्का भएपछि जसपा निकट महिला नेतृ बसुन्धरा झाले जसपा छोडेको घोषणा गरेकी छन् । उपमेयर महिलाले पाउनु पर्नेमा पार्टीले पुरुषलाई नै टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिने बताइन । 

जसपाबाट उपमेयरको टिकट पाएका यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । गठबन्धनका तर्फबाट आजै दिउँसो १ बजे मनोनयन दर्ता गर्ने तयारी रहेको जनाएको छ ।


Author

थप समाचार
x