दल

कांग्रेसको प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’

इकागज |
बैशाख १८, २०७९ आइतबार २१:५३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ । 

पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को आज बसेको बैठकले सभाहरूमा केन्द्रीय वक्ताहरू नदोहोरिने गरी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


कांग्रेसका उपसभापति एवं उपसमितिका संयोजक धनराज गुरुङको सभापतित्वमा भएको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्धारण गरेका खुलासभाबाहेक अन्य कार्यक्रमहरू विकेन्द्रित रूपमा आयोजना गर्ने÷गराउने निर्णय गरेको छ । 

बैठकमा उपसमिति सदस्यहरू सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला एवं सदस्य सचिव डा प्रदीप पराजुलीको उपस्थिति थियो । 
रासस


Author

थप समाचार
x