राजनीति

भरतपुरमा रेनुकाे अग्रता बढेकाे बढ्यै

इकागज |
जेठ ७, २०७९ शनिबार २३:४३ बजे

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ९ सय ७२ मतले अग्रता लिएकी छन् । हालसम्म ८३ हजार १ सय ११ मतगणना हुँदा उनले ३२ हजार ६ सय ७ मत प्राप्त गरेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५ हजार ६ सय ३५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ३ सय १३ मत पाएका छन् ।


त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३५ हजार २० र राप्रपाकी हिमला गुरुङले २० हजार ८५ मत  प्राप्त गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा १५ र १६ को मतगणना जारी छ । 

महानगरमा २९ वडा छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।  

 


Author

थप समाचार
x