राजनीति

अपाङ्गता भएका सबैलाई नि:शुल्क उपचार

इकागज |
जेठ ९, २०७९ सोमबार २१:४४ बजे

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हाल्दै गर्दा पहिलो दिन सामाजिक उत्तरदायित्व अन्तरगतको महत्वपूर्ण निर्णय गरेको छ ।

पालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने अपाङ्ता भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको हो । गाउँपालिकाको आज पदभार गर्दै अध्यक्ष हिदम लामाले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । रकमको अभाव भएर उपचार हुने बालबालिकाको पनि उपचार नभएको अवस्थामा गाउँपालिकाले बालबालिकाको हितमा निर्णय गरेको अध्यक्ष लामाले बताए ।


बालबालिकालाई स्वस्थ बनाउन सके गाउँपालिका नै स्वस्थ हुने लामाले बताए । उनले भने, ‘अहिलेका बालबालिका भनेका भोलीका देशका कर्णधार हुन, उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा बालबालिका हुँदाको अवस्थामा ध्यान दिन सकेन भने भाेलिका कर्णधारहरुलाई अन्याय हुनेछ, तसर्थ हामीले यस्ता फिजिकल्ली डिसेबल’ बालबालिकालाई उपचार गरि शसक्त बनाउने अभियानमा छौ ।’

लामाले सुखि भीमफेदी, समृद्ध भीमफेदी बनाउने अभियानको सुरुवात यो निर्णयबाट भएको उनको भनाई रहेको छ । बालबालिकाको स्वास्थ्य शिक्षा तथा उनीहरुको लालनपालनको सवालमा गाउँपालिका गम्भीर भएको भन्दै उनले अबको पाँच वर्षमा भीमफेदीका कुनै पनि बालबालिका र उनीहरुको अविभावकको अनुहारमा दु:खको रेसा नदेखिने दाबी गरे ।


Author

थप समाचार
x