राजनीति

न्यायाधीश कोइरालाको घूस लेनदेनबारे छानविन भइरहेको छ : कानुन मन्त्री

इकागज |
असार ९, २०७९ बिहीबार १७:५९ बजे

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानविन भईरहेको बताएका छन् ।

मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानविन समिति नै गठन गरिएको स्पष्ट पारे । 


बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले न्यायालय सुधारका लागि सरकारले अभियान नै संचालन गरिएको दावी गरे । न्यायाधीशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढदै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराए ।

मन्त्री कोइरालाले न्यायालयभित्रको आस्थालाई जोगाउन सरकार लागि परेको पनि बताए । 


Author

थप समाचार
x