राजनीति

वामदेवले कम्युनिस्ट एकता गर्ने चर्चा चलिरहँदा तत्कालीन नेकपाका ५ सदस्यबीच भेटवार्ता

इकागज |
असार १९, २०७९ आइतबार १९:५१ बजे

काठमाडौँ- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आइतबार भेटवार्ता भएको हो ।


हात्तीवनस्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको स्रोतको भनाइ छ । माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक गरेकी हुन् ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससंगको गठबन्धन आदि विषयमा छलफल भएको छ। नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।

वामदेवले कम्युनिस्ट एकता गर्ने चर्चा चलिरहँदा यस भेटलाई विशेष रूपले हेरिएको छ । उनले नेकपा एकताकै लागि भनेर नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय दल दर्ता गराएका छन् । गत मंगलबार एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरेका थिए ।


Author

थप समाचार
x