राजनीति

प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्दै प्रचण्डले भने : पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना छ

इकागज |
साउन १४, २०७९ शनिबार १६:११ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे ।


पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्‍ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको जिकिर गरे । उनले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताए । अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो जनीतिक शक्ति बन्‍ने दाबी गरे ।
 


Author

थप समाचार
x